Ambulance

४ मंसिर, मोरङ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार बिहान मोरङको कटहरीस्थित नहरमा एम्बुलेन्स तोडफोड गरेका छन् । बिरामी बच्चा बोकेर रंगेलीबाट विराटनगर जाँदै गरेको रंगेली वचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित को १ च ७९७९ नम्बरको एम्बुलेन्सलाई मोरङको कटहरीस्थित नहरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । सात/आठ जनाको संख्यामा आएको आन्दोलनकारीको समूहले एम्बुलेन्स रोकेर चावी नियन्त्रणमा लिएर ढुंगामुढा गरी तोडफोड गरेका थिए । दसैं, तिहार तथा छठका लागि आन्दोलन खुकुलो बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त बनाएको छ ।

तपाईको प्रतिक्रिया