Duhabi

मंसिर ५ इनरुवा/ सुनसरीको दुहवीमा निकालिएको सद्भाव र्याली विथोल्न पुगेको मोर्चा कार्यकर्ता र प्रहरीवीच झडप भएको छ ।
क्षेत्र नम्बर १ बचाउ अभियान अन्र्तगत निकालिएको सद्भाव र्याली मोर्चा कार्यकताले विथोल्ने प्रयास गरेपछि दोहोरो झडप भएको हो ।
स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले दर्जनौ राउण्ड हवाई फायर गरेको छ भने आधा दर्जन बढी सेल बढी अश्रु ग्यास प्रहार गरेको छ ।
प्रहरीका अनुसार ५ हजारको संख्यामा निस्केको सद्भाव र्याली माथि मोर्चा कार्यकर्ताहरुले ढुङगामुढा गर्नुका साथै सवारी साधनमा तोडफोड थालेपछि प्रहरीले जवाफी कार्वाही गरेको हो ।
दुहवीमा निकाल्न लागिएको सद्भाव र्याली रोक्न प्रहरीसामू मोर्चा कार्यकर्ताले आग्रह गरेका थिए । प्रहरीले र्याली रोक्न नसकिने जनाएपछि मोर्चा कार्यकर्ताले र्याली विथोल्ने प्रयास गरेको प्रहरीको भनाई छ ।
तनाव बढेपछि सुरुमा केहि सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । मोर्चाले ड्युटीमा रहेकी महिला प्रहरीमाथि हातपात गर्नुका साथै केही मोटरसाइकल र को १ च ४६१५ नम्बरको एम्बुलेन्समा तोडफोड थालेपछि ससस्त्र र जनपथ प्रहरीले एकसाथ हवाई फायर गरेको सुनसरीका प्रहरी उपरीक्षक संजयराज शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार १४ राउण्ड हवाई फायर र आधा दर्जन अश्रुग्यास प्रहार गरिएको छ । झडपका क्रममा आधा दर्जन बढी मोर्चा कार्यकर्ता घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । दुहवी बजार यतिवेला तनावपूर्ण रहेको छ । उता आन्दोलित मोर्चाले भने प्रहरीले आफुहरुमाथि ज्यादती गरेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया