६ मंसिर, सप्तरी । राजमार्ग अवरुद्ध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

मधेसी मोर्चासहित विभिन्न संगठनको आह्वानमा सयौं प्रदर्शनकारीले भारदह, रुपनी लगायतका स्थानमा पूर्व पशिचम राजमार्ग अवरुद्ध पारेका थिए । राति अबेरसम्म पनि अवरोध कायमै राखेपछि प्रहरीले बल प्रयोग गरेर हटाउन खोज्दा हिंसात्मक घटना भएको छ ।भारदहमा मारिनेमा सप्तरीको डाढा गाविस ५ बलिया टोलका १५ बर्षीय बालक बिरेन राम छन् चजे रुपनीमा जमुनी मधेपुरा गाविस ९ बस्ने ३० बर्षीय नागेश्वर यादवको ज्यान गएको छ ।राजमार्ग खाली गराउने नाममा प्रहरीले अन्धाधुन्ध गोली तथा अश्रु ग्यास प्रहार गरेको आन्दोलनकारीको आरोप छ ।

भारदहस्थित राजमार्गमा धर्ना बसेका आन्दोलनकारीलाई भगाउन प्रहरीले अश्रग्यास प्रहार गरेको थियो । हवाई फायर गरेपनि आन्दोलनकारी सडक नछोड्दा प्रहरीले ताकेर गोली प्रहार गनेको आन्दोलनकारीहरु बताउँछन । भारदहमा प्रहीले चलाएको गोली लागेर बिरेन रामको घट्नास्थलमै मृत्यु भएको छ । उनको छातीमा गोली लागेको छ । भारदहमा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

घाइते हुनेमा डाढा गाविसको बलिया टोल निवासी ४० बर्षीय अकबर, डिमन गाविसका ५० बर्षीय जहरु साह, पोर्ताहा गाविसका २५ बर्षीय श्रवण झा, पोर्ताहा गाविसकै राजेश खिडहरी, ठेगाना खुल्न नसकेका रामसागर सुतिहार, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का जिल्ला अध्यक्ष दानी मण्डल, मधवापुर गाविसका लाल झासहितका छन् । अकबर र लाल झाको तिघ्रामा, जहरुको पेटमा, श्रवणको जाँघमा, राजेशको घाँटीमा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि वि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिबारीले जानकारी दिए । रुपनीमा पनि एक प्रदर्शनकारीको मृत्यु भएको छ । जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर यादवको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया