७ वैशाख, इलाम। इलाममा यस बर्ष कक्षा १२ मा परीक्षा दिनेको संख्या जम्मा ३ हजार ४ सय ३३ रहेको छ । जसमध्ये नियमित तर्फ २ हजार ३ सय ८४ र पुरक परीक्षार्थी एक हजार ७९ रहेको छ ।

देशभर आउदो बैशाख १० देखि सुरु हुदैछ । जिल्लाका १२ वटा केन्द्र केन्द्र तोकिएको छ । जिल्ला शिक्षा कार्यालयका अम्बिका खनालले १२ वटा केन्द्रमा केन्द्राध्यक्ष र आवश्यक सामाग्री समेत पुर्याइसकिएको जानकारी दिनुभयो । खनालका अनुसार परीक्षाका लागि परीक्षा केन्दहरुमा उत्तरपुस्तिका र सम्बन्धित नजिकको प्रहरी कार्यालयमा प्रश्नपत्र पुर्याइसकेको छ ।

र जिल्लाका परीक्षा केन्द्रका लागि सहायक केन्द्राध्यक्ष र निरीक्षक भने केन्द्रले नै सिफारिस गर्ने कारण आफूहरुलाई थाहा नभएको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म सञ्चालन हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया