अमर काफ्ले इनरुवा सुनसरी /संखुवासभामा अरुण नदी थुनिपछि सम्भावित खतरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले कोशी किनारमा उच्च सर्तकता अपनाएको छ । हिजो अपरान्ह खसेको परिरोका कारण अरुणनदी थुनिदा बनेको ताल फुटे उतपन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हाई अलर्ट जारी गरेको हो  ।

सप्तकोशी नदीमा अरुण नदीको पानी समेत मिसिने भएकाले नदी थुनिएर बनेको बाँध फुटे कोशीमा पानीको सतह बढ्न सक्ने भएकाले प्रशासनले नदी किनारका बासिन्दालाई सचेन रहन आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउने निर्णय गरेको छ ।

बैठकले सबै सुरक्षा निकायलाई अलर्ट रहन निर्देशन समेत दिएको छ । सम्भावित विपद्को अवस्था आइपरे सप्तकोशी नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि स्थानको खोजी गर्ने कार्य समेत अघि बढाइएको सुनसरी प्रशासनले जनाएको  छ ।सुनसरी प्रशासनले अवस्था सामान्य नभएसम्म कोशी किनारमा माछा पार्न, गाइबस्तु चराउन तथा ढुङ्गा चलाउन तथा आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।उता नदी थुनिएर बनेको तालबाट पानी बग्न थालेको छ । पानी बग्दै गए जोखिम घट्दै जाने विज्ञहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया