१० बैशाख, दिलिप साह राजविराज । मधेश केन्द्रित आधा दर्जन राजनीतिक दल एकिकरण भई गठन भएको राष्ट्रिय जनता पार्टीको सप्तरीमा पनि एकिकरण भेला आयोजना गरेकोे छ । राजपा आवद्ध दलका नेताहरुको शुक्रबार आयोजित एक भेलाले सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवको अध्यक्षतामा आयोजित सो भेलामा तमलोपाका केन्द्रिय नेता जयप्रकाश ठाकुर, रामसपाका केन्द्रीय सचिव गजेन्द्रकुमार मण्डल, फोरम गणतान्त्रिकका केस गंगाराम यादव, रामनारायण यादव, सदभावनाका केसहरु दिपेन्द्र चौधरी, दिनेश यादव, तमलोपाका हरी राय, भिमराज यादव, गुजाई दास, कुमरकान्त मिश्रा, कपिलदेव यादव, नरेन्द्र यादव, सुरेशकुमार सिंह, अमरकान्त झा, नेत्रविक्रम साह, बिजय यादव, महिलानेतृ पुनम यादव सहितकाहरुले आ आफनो सुझाव दिनुभएको थियो ।

त्यस्तै जिल्ला नेता रामपृत यादव, सुनिल कुमार झा, तेज नारायण यादव, जिवछ यादव अमरनाथ मण्डल, किशोर कुमार यादव सहितका जिल्ला नेताहरुले विचार व्यक्त गर्नु भएको थियो । सो भेलामा स्थानीय निकायको निर्वाचन हुन दिनका लागि १७ वटा केन्द्रमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै सबै मातहतका नेता तथा कार्यकर्ताहरुलाई एक ढिक्का भई राष्ट्रिय जनता पार्टीलाई संगठित रुपमा अगाडी बढाउनका लागि एकजुट हुनुपर्ने निर्णय सर्वसम्मतबाट गरिएको बताएको छ । यस्तै अगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बैशाख ६ गते हुन लागेको नामावली दर्ता रोक्न तथा निर्वाचन कार्यालय स्थापना हुन नदिनका लागि जिल्ला देखि गाउँस्तर सम्मका नेता कार्यकर्ताहरुलाई निर्देशन दिईएको बताएको छ ।

तपाईको प्रतिक्रिया