सरकारी जागिरका लागि अयोग्यताका मापदण्ड के के हुनसक्छन् ? हाम्रो कानून हेर्ने हो भने नैतिक पतन देखिने फौजदारी मुद्दामा कसूरदार ठहरिएको, उमेर नपुगेको वा उमेर हद नाघेको, नेपाली नागरिक नभएको, भ्रष्टाचार प्रमाणित भएर सेवाबाट बाहिरिएको आदि ।
तर के घरमा चर्पी नभएको वा चर्पी बाहिर दिसा पिसाब गरेको आधारमा पनि व्यक्तिलाई सरकारी जागिरका लागि अयोग्य घोषित गर्न मिल्ला ? साँच्ची हाम्रो देशको कानूनले त यस्तो गर्न दिँदैन । तर भारतको हरियाणामा भने अब खुल्ला ठाउँमा दिसा गर्नेले सरकारी जागिर नपाउने भएका छन् ।हरियाणा राज्य अन्तरगत जिल्ला ग्रामीण विकाश एजेन्सी, कुरुक्षेत्रले हालै माग गरेको ब्लक कोअर्डिनेटर्स तथा क्लस्टर मोटिभेटर्स पदका लागि योग्य हुन उमेद्धारले अनिवार्य रुपमा चर्पीमै दिसापिसाव गरेको हुनपर्नेछ । खुल्ला ठाउँमा दिसापिसाब गर्ने मानिसहरु यो पदका लागि योग्य हुनेछैनन् ।पदका लागि जारी सरकारी सूचनामा योग्यताको महलमा उमेद्धारको शैक्षिक योग्यता स्नातक हुनुपर्नेका साथै घरमा शौचालय भएको तथा खुल्ला स्थानमा दिसापिसाब नगर्नेलाई प्राथमिकता दिइने उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानलाई सफल बनाउन भन्दै हरियाणा सरकारले यस्तो पहल गरेको हो । अतिरिक्त उप आयुक्त तथा जिल्ला ग्रामीण विकाश एजेन्सी प्रमुख कार्यकारी अधिकारीका अनुसार केन्द्र सरकारको निर्देशन बमोजिम यस्तो नियम बनाइएको हो ।

तपाईको प्रतिक्रिया