sunsari Prasasan ftoमंसिर ७ गते इनरुवा/ मधेश आन्दोलनमा हिंसात्मक गतिविधी बढ्न सक्ने भन्दै सुनसरी प्रशासनले जिल्लाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कोशी ब्यारेज देखी झुम्का नहर सम्म र खनारको ट्रान्सपोट लाइन देखि दुहवी बुढी खोला सम्म निषेधित क्षेत्र घोषणा गरिएको हो । आन्दोलनकारीले तोडफोड र अशान्ति मच्चाउने सक्ने गतिविधी गर्न सक्ने कुरालाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनु भयो । निषेधित क्षेत्रको अवधी भने अर्को निर्णय नभएसम्मका लागि प्रत्येक दिन बेलुकी ६ बजेदेखी भोली पल्ट विहान ८ बजे सम्म रहने जनाइएको छ । दिउँसोको अवस्थामा भने आवश्यकता अनुसारको सुरक्षा तैनाथी बढाइने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया