१४  बैशाख, खोटाङ। खोटाङको हलेशी तुवाचुङ नगरपालिका ७ मा बुधबार दिउँसो बिधुत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ। आगलागीबाट सोही नगरपालिका स्थित ५ वटा घर जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो।
दिउँसो १ बजे तिर प्रेम केसीको घरमा अचानक बिधुतको तार सर्ट भई अगलागी हुँदा केसीको २ वटा घर, छिमेकी प्रेम कट्वालको घर तथा ग्वाली, ४ वटा चौपाया, गोपाल केसीको घर तथा ग्वाली, कुमार केसीको घरको पूर्वपट्टीको भाग र लिला केसीको ग्वाली जलेर नष्ट भएको खोटाङ प्रहरीले जनाएको छ। आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया