१७ बैशाख । भारत घर भई हाल इलाम नगरपलिका –७ मा डेरा गरी बस्ने राजु राजवंशीले (शुक्रबार) आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । इलाम बजारमामा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरीले इलाम बजारकै फ्रेण्ड होटलको ४ नम्बर कोठामा रातको १२ बजेतिर छोरीहरु दुवैको घाँटी थिची हत्या प्रयास गरेकोमा ८ वर्षकी एक छोरी बिरुषा चौधरीको निधन भएको छ । अर्की छोरी ३ वर्षकी मिरा भने पुन ब्यूतिएकी छिन । छोरीको हत्या गरी आफू सिलिङ फेनको हुकमा पासो लगाई आत्महत्या गर्ने क्रममा अचानक गाठो फुकेर झरेपछी होटल संचालकले थाहा पाई प्रहरी चौकी चोकबजारमा खबर गरेपछि चौधरी बचेका हुन ।

उनकी श्रीमती २७ बर्षिय बिमला (सुुनुवार) चौधरी बीच शुक्रबार बेलुका घरायसी बिवाद भएपछी राजुले दुबै छोरी लिएर घर छोडी इलाम बजारकै फ्रेण्ड होटलमा बस्न गएको प्रहरीले जानकारी गराएको छ । राजुले आफ्नो थर राजवंशी बताए पनि छोरीहरुको थर चौधरी लेख्ने गरेको बताइएको छ ।

राती घटनास्थलमा प्रहरीको टोली पुगेर हेर्दा जेठी छोरी बिरुषा चौधरीको मृत्यु भइसकेको र कान्छी छोरी मिरा चौधरी अर्धचेतन अवस्थामा र बाबु राजु चौधरी समेत घाइते अवस्थामा फेला पारेको थियो । घाइते मिराको झापा बिर्तामोडको बिर्तासटी अस्पतालमा उपचार भइरहेको छ । बाबुको जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया