१९ वैशाख, सुनसरी /  अार्थीक सम्बृद्धीका लागी सुचना तथा संचार प्रविधी नाराका साथ कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले अाइसिटी डे २०१७ काे अवसर पारेर इटहरीमा माेटरसाइकल र्याली सम्पन्न गरेकाे छ । इटहरी चाेकबाट सुरू भएकाे उक्त र्याली अाइतबारे, अार्मी क्याप्प, जुटबिकास, बिपीचाेक हुँदै मुख्य चाेक आएर सभामा परिणत भएको थियो ।

सभामा बिभिन्न बक्ताहरूले सुचना प्रविधी बिषयमा अाफ्नाे धारणा व्यक्त गरेका थिए । कार्यक्रममा  क्यान महासंघ सुनसरीका अध्यक्ष भिमप्रसाद गिरी, कोषाध्यक्ष विशाल बास्ताेला, सचिव सन्देश रार्इ लगायत ४० बढी सदस्यहरूकाे  उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया