uml office७ मंसिर, काठमाडौं । प्रस्तावित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसदहरुले पहाडी जिल्ला नमिसाई तराई मधेसको भूभागलाई मात्रै दुईवटा प्रदेश बनाउन नहुने ठहर गरेका छन् ।आइतबार संसद भवनको शंकर हलमा २ नम्बर प्रदेशको सप्तरीदेखि पर्सासम्मका जिल्लाबाट निर्वाचित मधेसी तथा पहाडे मूलका सांसदहरुको भेलाले मधेस समस्या समाधानका लागि पार्टी नेतृत्वले ठोस योजना बनाउनुपर्ने ठहर गरेको हो ।दुई नम्बर मधेस प्रदेशबाट निर्वाचित तथा समानुपातिक एमाले सांसदहरुको राजधानीमा सम्पन्न सो भेलाले आन्दोलन अनियन्त्रित भएकाले मध्यमार्गी समाधान खोज्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई लिखित सुझाव दिने निर्णय गरेको छ ।‘हामीले समय मागेका छौं, सम्भवतः आजै प्रधानमन्त्रीलाई भेटेर मधेसको विकराल अवस्था समाधानका लागि आग्रह गर्छौं’ महोत्तरी-३ बाट निर्वाचित एमाले सांसद रामदयाल मण्डलले भने ‘सीमांकनसहित प्याकेजमै मधेसी मोर्चासँग सहमति गरौं भन्ने हाम्रो आग्रह हो’ ।प्रधानमन्त्रीसँग समय मिलाउने जिम्मा पार्टी स्थायी कमिटी सदस्य तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई दिइएको सोमबार दिउँसो सिंहदरबारमा बैठक बसेर नेतृत्वलाई मधेसबारे एमालेको बटमलाइन सुझाइने एक नेताले बताए ।भेलाको अगुवाइ पोलिटव्यूरो सदस्य तथा धनुषा ७ का सांसद सत्रुघन महतो, पुरुषोत्तम पौडेल, रामचन्द्र यादव, डा.वंशीधर मिश्र लगायतले गरेका छन् । ‘एमाले नेता र पार्टी कार्यालयमाथि आक्रमण बढेका बेला मधेसबारे एमालेको प्रष्ट धारणा तय गरौं भन्ने हो’ महतोले भेलाको उद्देश्यबारे बताए ।भेलामा सहभागी सांसद मण्डलले भने- हामीले मधेस र पहाडका जिल्ला मिलाएर प्रदेश बनाउनुपर्छ भनेर शुरुमै भन्यौं, तर नेतृत्वले मधेसका ८ जिल्ला मात्रको २ नम्बर प्रदेश दियो, अब मोर्चाले मधेस मात्रैको २ प्रदेश मागेर हिंसा मच्चाएको छ, यसको मध्यमार्गी समाधान खोज्न नेतृत्वलाई दबाव दिन लागेका हौं ।’कांग्रेस र एमाओवादीका मधेसी नेता कार्यकर्ताहरु योजना बनाएरै आन्दोलनमा लागे पनि एमालेले पार्टीको नीति मान्दा मधेसमा एमालेमाथि भौतिक प्रहार शुरु भएको ठम्याइ एमालेका मधेसी नेताहरुको छ ।एमाले सांसदहरुको भेलामा प्रत्यक्ष र समानुपातिक गरी २२ जना सांसद सहभागी थिए । प्रस्तावित २ नम्बर प्रदेशका ८ जिल्लाका ४८ निर्वाचन क्षेत्रमध्ये एमालेले प्रत्यक्षतर्फ १५ सिट जितेको छ । तीमध्ये तीनजना पहाडी समुदायका छन् भने अरु सबै मधेसी छन् ।सर्लाही ३ बाट निर्वाचित एमाले सांसद हरि उप्रेतीले तराई मधेसमा अराजक र अपराधिक समूह हावी हुन थालेकाले बेलैमा यसको समाधानका लागि पार्टी तथा सरकारको नेतृत्वको ध्यानकर्षण गराउन भेला आयोजना गरिएको बताए ।उप्रेतीले भने-तराई मधेसको भूभागमात्र समेटेर २ प्रदेश बनाउने मोर्चाको मागसँग हामी सहमत छैनौं । दुईवटै प्रदेश होस् तर, त्यसमा पहाडी जिल्ला मिलाउनुपर्छ भन्ने हाम्रो ठहर हो ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया