trusted online casino malaysia
trusted online casino malaysia

Mauricio-Macri

अर्जेन्टिनाको राष्ट्रपति चुनावमा कन्जरभेटिभ पार्टीका माउरिसियो माक्री विजयी भएका छन् ।लगभग सबै भोटहरु गणना भइसक्दा माक्रीले सत्ताधारी पार्टीका उम्मेदवार डेनियल सिओलीलाई पछाडी पारेका हुन् । माक्रीको पक्षमा ५१.५ प्रतिशत र सिओलीको ४८.५ प्रतिशत भोट खसेको छ ।बुयनोस एयर्समा आयोजित विजयसभाका क्रममा नवनिर्वाचित राष्ट्रपति माक्री खुशीले मञ्चमै नाचेका थिए । उनको जितले अर्जेन्टिनामा पेरोनिस्ट पार्टीको १२ वर्ष लामो सत्ता यात्राको अन्त्य गरेको छ ।‘आज ऐतिहासिक दिन हो,’ ठूलो संख्यामा रहेका समर्थकलाई सम्वोधन गर्दै माक्रीले भने, ‘नयाँ युगको प्रारम्भ भएको छ ।’माक्री हाल बुयनोस एयर्सका मेयर हुन् । पहिलो चरणको मतदानमा सिओलीबाट पराजित भएका उनका लागि यो ठूलो ‘टर्नअराउन्ड’ थियो ।बुयनोस एयर्स प्रान्तका गभर्नर सिओलीले सोझै विजेता बन्नका लागि आवश्यक संख्यामा अग्रता लिन नसक्दा देशको इतिहासमा पहिलोपटक दोस्रो राउण्डको मतदान भएको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia