Bhardah-3-716x450

 

सप्तरी ७ मंसिर । सप्तरीको भारदहमा रोकिएका यात्रु बाहक बसका यात्री तथा प्रहरी मिलेर स्थानीयबासीहरुलाई कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेका छन् ।सोमबार प्रहरीले यात्रुवाहक बसलाई सुरक्षा दिई गन्तब्यतर्फ पठाउने क्रममा भारदह सडकमा रोकी बसमा रहेको यात्रुहरुले स्थानीहरुको घरमा तोडफोड तथा आगजानीको प्रयास गरेका छन् ।ना.४ ख ७०४५ नम्बरको मितेरी बस, ना.५प ६०६, ना.४ख ५४७९ र बा.३ख ६५८६ नम्बरको बसबाट ओर्लेका व्यक्तिहरुले प्रहरीको संरक्षणमा घर तोडफोड र सर्वसाधारणमाथि कुटपिट गरेका हुन् ।उनीहरुले भारदह १ का सत्यनारायण मण्डलको घरको ढोका पूर्णरुपमा तोड्फोड गर्दै उनलाई निर्घात कुटेका छन् । कुटपिटबाट उनको हातको एउटा औंला फ्याक्चर भएको छ ।हुलाकिन्युजबाट

Bhardah-2

तपाईको प्रतिक्रिया