२६ वैशाख। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ५ स्थित कटारी नगरपालिका १ बस्ने ६५ बर्षिय राम बहादुर बुढाथोकीको हिजो भिरबाट लडेर ज्यान गएको छ ।आफन्तको घरमा विवाह खान भनी गएका राम बहादुरलाई स्थानीयले दिउँसो २ बजेतिर भिरबाट लडेर मृत अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए। ।

यस्तै सप्तरीको मलेठ २ बस्ने अन्दाजी ५६ बर्षिय सुफल प्रसाद शाहाको पनि हिजो अचानक लडेर ज्यान गएको छ। राजबिराज ६ मा रहेको भैसी पालन केन्द्रमा को ३ प ९८०८ नम्बरको मोटरसाइकलमा दुध लिन गएका साहा मोटरसाइकल राखेर सोही ठाउँमा लडी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया