paris6फ्रान्स, ७ मङ्सिर । पेरिसमा नोभेम्बर १३ मा भएको आतङ्ककारी आक्रमणपछि यहाँको सुरक्षाकर्मीले करिब ३०० शङ्कास्पद व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिई उनीहरुमाथि छानबिन बढाएको यहाँका प्रहरी प्रमुख मिसेल क्याडेटले सोमबार बताउनुभयो ।क्याडेटले सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा पेरिस आक्रमणमा सहभागी भएको आशङ्कामा २९८ मानिसलाई प्रशासनिक नियन्त्रणमा लिई छानबिन अगाडि बढाइएको बताउनुभयो ।यस्तै विभिन्न ७१ जनालाई उनीहरुकै निवासमा नजरबन्दमा राखिएको प्रहरीको दाबी छ ।पेरिसमा यहाँको इतिहासमै सबैभन्दा ठूलो मानिएको आतङ्ककारी आक्रमणपछि फ्रान्सले १० हजार २०० प्रहरी र छ हजार ४०० सेनालाई फ्रान्सका विभिन्न सहरसहित पेरिसमा परिचालन गरेको छ ।सुरक्षाकर्मीले थप आक्रमण हुनसक्ने सम्भावनालाई ध्यान राख्दै रेल तथा बस स्टेसन, विमानस्थल, ठूला सार्वजनिक स्थल, सरकारी भवन, ऐतिहासिक र सांस्कृतिक महत्वका स्थान, सञ्चार माध्यम तथा अस्पतालमा आफ्नो उपस्थितिलाई बाक्लो पारेको हो ।पेरिस तथा फ्रान्सका सार्वजनिक स्थानमा आतङ्कवादी हमलाको खतराको सम्भावना बढेसँगै सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा तैनाथ गरिँदै आएको छ, प्रहरी प्रमुख क्याडेटले भन्नुभयो ।हामीले फ्रान्सलाई स्पष्ट निशाना बनाई आक्रमण गर्ने धम्कीसहितका सन्देशहरु डायस, इस्लामिक स्टेट समूहकोे सहयोगी मोचार्, ले विभिन्न इन्टरनेट तथा अनलाइन माध्यमबाट प्रचार गरेपछि सुरक्षा स्थितिलाई थप मजबुत पारिएको उहाँले जनाउनुभयो ।सुरक्षा स्थितिलाई सशक्त पारिए पनि स्कुले केटाकेटी (विद्यार्थी) लाई संयुक्त राष्ट्रसङ्घ जलवायु सम्मेलनका कुनै पनि कार्यक्रममा सहभागि नगराइने, उहाँले बताउनुभयो । सम्मेलन पेरिस नजिकैको कुनै सुरक्षित स्थानमा अर्को साता सुरु हुने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया