चर्चित भिडियो साइट युट्युव अब नेपालमा इन्टरनेटबिनै (अफलाइन) पनि हेर्न सकिने छ ।युट्युवले हालै नेपालमा ‘अफलाइन प्लेब्याक’ फिचर सुरुवात गरेको छ जसको मद्दतले प्रयोगकर्ताले आफुलाई मन परेको भिडियो सेभ गरेर इन्टरनेट नभएका बेला पनि हेर्न सक्नेछन् ।यसका लागि तपाईले मोबाइलमा युट्युव एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपमार्फत् भिडियो खोल्दा भिडियोमुनी ‘डाउनलोड’ संकेत देखिने छ ।
डाउनलोड अप्सन थिचेपछि आउने अप्सनमा तपाईले यो भिडियो कुन क्वालिटीमा हेर्नका लागि सेभ गर्ने भन्ने अप्सन छान्नुपर्ने छ । त्यसपछि भिडियो सेभ हुन्छ ।अब तपाईको अकाउन्टमा यो भिडियो सेभ भएर बस्छ ।
तपाईले इन्टरनेट नभएका बेला यो भिडियो हेर्न सक्नुहुन्छ ।युट्युवका अनुसार यसरी सेभ गरिएको भिडियो ४८ घण्टासम्म अफलाइन हेर्न सकिन्छ । सेभ गरिएका भिडियो हेर्न इन्टरनेट नचाहिए पनि भिडियो सेभ गर्नका लागि भने इन्टरनेट जरुरी हुन्छ ।नेपालमाबाहिर यसअघि नै सुरु भएको अफलाइन प्लेब्याक फिचर हालैमात्र नेपालमा सुरु गरिएको हो ।इन्टरनेट ब्राउजर वा डेस्कटपमा यो फिचर उपलब्ध छैन, तपाईले एन्ड्रोइड, आईओएस वा विन्डोज प्लेटर्फममा उपलब्ध युट्युव एप डाउनलोड गर्नुपर्छ ।