इनरुवा बैशाख २९/चुनावमा बालबालिकाको प्रयोग रोक्ने उद्येश्यसाथ सुनसरीको इनरुवामा सचेतना र्याली निकालिएको छ ।
दलिय चुनावी प्रचारका साथै जुलुस तथा पर्दशनका नाममा बालबालिकाको प्रयोग रोक्न सुनसरी प्रशासनसँगको समन्वयमा सदरमुकाम इनरुवामा सचेतना मूलक र्याली निकालिएको थियो ।भगवति मावि इनरुवाको आयोजनामा निकालिएको र्यालीमा बालबालिकाका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, प्रहरी प्रमुख पोषराज पोखरेल, अनुसन्धान प्रमुख नगेन्द्र दाहाल, भगवती माविका प्रअ पुरुषोत्तम घिमिरे सहितको सहभागिता रहेको थियो ।

 
लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको र्यालीका सहभागिहरुले चुनावी प्रचार प्रसार लगायतमा बालबालिकाको प्रयोग हुन गर्न नहुनेमा जोड दिएका थिए ।उक्त विषयको अनुगमनकालागि सरोकारवालाहरुले अग्रसरता लिने र विद्यालय शान्ति क्षेत्र कार्यक्रमको प्रभावकारीतामा जोड दिन समन्वय गरी अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । र्यालीको नारा बालविवाह अनत्य र विद्यालय भर्ना अभियानसँग समेत सम्वन्धित रहेको थियो । तस्विर :फेसबुक

तपाईको प्रतिक्रिया