इनरुवा २९ बैशाख/स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई दृष्टिगत गर्दै सुनसरी प्रशासनले जिल्लाका मतदान केन्द्र निरीक्षणको क्रमलाई तिव्रता दिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिक अर्जुन कोइराला र सुरक्षा निकायका प्रमुख सहितको टोलीले निर्वाचनकालागि तोकिएका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरेको हो ।

निर्वाचन केन्द्रको अवस्था, शान्ति सुरक्षा र मतदाताहरुको पहुँचलाई आधारमानी टोलीले केन्द्रबारे लेखाजोखा गर्ने प्रजिअ पराजुलीले बताउनुभयो । अनुगमन टोलीले मतदात केन्द्र निर्धारण गरिएका सरकारी विद्यालयहरुको पूर्वाधारका साथै सम्भावित सुरक्षा सर्तकताका बारेमा समेत जानकारी बटुलेको छ । टोलीले आज गढी गाउँपालिकामा रहेका मतदान केन्द्रहरुको निरीक्षण गरेको थियो ।

टोलीले सुनसरीका २ उपमहानगरपालिका ४ नगरपालिका र ६ गाउँपालिका मध्ये अधिकांशजसो स्थानका केन्द्रहरुको अनुगमन सकाएको छ ।सुनसरी प्रशासनले अनुसार जिल्लाको उत्तरी भेगमा विप्लव माओवादी र दक्षिणी भेगमा असन्तुष्ट मधेश केन्द्रित पार्टी र भूमिगत समूहलाई प्रमुख सुरक्षा चुनौतिका रुपमा लिएको छ ।

तपाईको प्रतिक्रिया