२ जेठ, सप्तरी। सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी सोमबार बिहान एक बालिकासहित ३ जना घाईते भएका छन्।
सप्तरीको शम्भुनाथ नगरपालिका ३ स्थित राजमार्गमा हाईलेस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ८६३६ नम्बरको हाईलेस गाडीको ठककरबाट स ५ प ३२८ नम्बरको मोटरसाईकलमा सवार चालक चालक शम्भुनाथ नगरपालिका २ बस्ने बेनि साह र पछाडी सवार मेनेजर साह घाईते भएका हुन्। घाईते दुबैजनालाई उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। गाडी र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।
त्यसैगरी सप्तरीकै खड्क नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्गमा हाईलेस गाडीको ठक्करबाट एक बालिका घाईते भएकी छन्।
पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ९१४० नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका बस्ने ११ बर्षिया कुमारी साहलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा उनी घाईते भएकी हुन्।
घाईते बालिकालाई उपचारकालागी सप्तऋषी अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया