३ जेठ, काठमाडौं। ३ प्रदेशका गरी ३४ जिल्लामा सम्पन्न स्थानिय तहको चुनावका ५१ तहको मतपरिणाम आएको छ ।
अहिलेसम्मको मतपरिणाम अनुसार ३ नगरपालिकासहित २१ तहमा नेकपा एमाले, १ नगरपालिका सहति १६ र १ नगरपालिकासहित १२ स्थानिय तहमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छन् ।
यसैगरी २ तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने बाँकी स्थानिय तहमा मतगणना भईरहेको छ । हेर्नुहोस् नतिजाअनुसार कहाँ कसले जित्यो –
एमालेले जितेका स्थानीय तह:
- महांकाल गाउँपालिका, ललितपुर
- देवघाट गाउँपालिका, तनहुँ
- गोसाइँकुण्ड गाउँपालिका, रसुवा
- शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
- ठूली भेरी नगरपालिका, डोल्पा
- काइके गाउँपालिका, डोल्पा
- शिवालय गाउँपालिका, जाजरकोट
- चामे गाउँपालिका, मनाङ
- नेस्याङ गाउँपालिका, मनाङ
- घरपझोङ गाउँपालिका, मुस्ताङ
- मादी गाउँपालिका, कास्की
- ढोरचौर गाउँपालिका, सल्यान
- नारायण नगरपिलका, दैलेख
- रूपा गाउँपालिका, कास्की
- फेदीखोला गाउँपालिका, स्याङ्जा
- हरिनास गाउँपालिका स्याङ्जा
- तीला गाउँपलिका, जुम्ला
- महाशीला गाउँपलिका,पर्वत
- अदानचुली गाउँपालिका हुम्ला
- भैरवी गाउँपालिका, दैलेख
- भेरी नगरपालिका, जाजरकोट
कांग्रेसले जितेका स्थानीय तह
- कुशे गाउँपालिका, जाजरकोट
- बुङदीकाली गाउँपालिका, नवलपरासी
- तमानखोला गाउँपालिका, बाग्लुङ
- नाशोङ गाउँपालिका, मनाङ
- नार्फु गाउँपालिका, मनाङ
- बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
- थासाङ गाउँपालिका, मुस्ताङ
- लोमन्थाङ गाउँपालिका, मुस्ताङ
- डुंगेश्वर गाउँपालिका, दैलेख
- पाताराशी गाउँपालिका, जुम्ला
- गोलन्जोर गाउँपालिका, सिन्धुली
- विनयी त्रिवेणी गाउँपालिका
- त्रिवेणी गाउँपालिका सल्यान
- चुमनुब्री गाउँपालिका, गोरखा
- मध्यनेपाल नगरपालिका, लमजुङ
- उत्तरगया गाउँपालिका, रसुवा
माओवादी केन्द्रले जितेका स्थानीय तह:
- मुड्केचुला गाउँपालिका, डोल्पा
- जगदुल्ला गाउँपालिका, डोल्पा
- गुठीचौर गाउँपालिका, जुम्ला
- हिमा गाउँपालिका, जुम्ला
- सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
- सानीभेरी गाउँपालिका, रुकुम
- ताँजाकोट गाउँपालिका, हुम्ला
- मरिण गाउँपालिका, सिन्धुली
- बन्दिपुर गाउँपालिका तनहुँ
- मुसीकोट नगरपिलका, रूकुम
- दार्मा गाउँपालिका, सल्यान
- कोन्ज्योसोम गाउँपालिका, ललितपुर
स्वतन्त्रले जितेको स्थानीय तह:
- तेञ्जोङ छिरिङ, दालोमे गाउँपालिका, मुस्ताङ
- तेम्बा गुरूङ, डोल्पोबुद्ध गाउँपालिका, डोल्पा