‘हम आपके हे कौन’, ‘हम साथ साथ है’जस्ता चर्चित बलिउड फिल्ममा आमाको भूमिका निभाएकी अभिनेत्री रीमा लागूको हृदयघातका कारण मृत्यु भएको छ । उनलाई छाती दुख्ने भएपछि कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । गए राति १ बजे रीमाले अन्तिम श्वास लिइन् ।
रीमाको जन्म सन् १९५८ को २ जुनमा भएको थियो । रीमाकी आमा मंदाकिनी भदभदे पनि एक अभिनेत्री थिइन् । रीमाको विवाह मराठी अभिनेता विवेक लागूसँग भएको थियो । उनीहरुको एक छोरी छिन्, जसको नाम मृण्मयी लागू हो । मृण्मयी पनि एक अभिनेत्री हुन् । रीमाको वास्तविक नाम गुरिंदर भदभदे थियो, विवके लागूसँग विवाह गरेपछि उनले आफ्नो रीमा लागूमा परिवर्तन गरेकी थिइन् ।
रीमा बलिउडकी अभिनेत्री मात्र होइन, टेलिश्रृखलाको दुनियाँमा उनको विशेष महत्व छ । रीमाको निधनलाई लिएर टेलिभिजन अभिनेता–अभिनेत्रीहरु निक्कै दुःखी बनेका छन् । रीमाको निधनको खबर पाएपछि आँशु नथामिरहेको अभिनेत्री दिव्यांका त्रिपाठी, रागिनी खन्ना, मानसी साल्भि तथा मनिष पलले ट्विट गरेका छन् ।नेपाली हेडलाइन्सकाे सहयाेगमा