४ जेठ, काठमाडौं। मन्त्रीपरिषदको बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गर्दै ती मुद्दा फिर्ता लिने निर्णय गरिएको हो।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न मन्त्रीपरिषदको नियमित बैठकमा मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया