४ जेठ, आर.बी.कट्वाल रामधुनी। पवित्र धार्मीक एवम् पर्यटकीय स्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिर परिसरमा नेपाल प्रहरी र म्यादी प्रहरीले सरसफाई गरेका छन्। रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितीको अग्रसरतामा लालपुर प्रहरी चौकीका म्यादी प्रहरी र नेपाल प्रहरीले बिहीबार मन्दिर परिसरमा सरसफाइ गरेका हुन् ।

पछिल्लो समय सो मन्दिरको मुहार फेरिदै गएको बेला र समिती बाहेक अन्यको ध्यान त्यती नपुगिरहेको अवस्थामा म्यादी प्रहरी र नेपाल प्रहरीले सरसफाइ गरेको प्रहरी चौकी लालपुरले जनाएको छ। रामधुनीमा धेरै नै विकासका कार्यहरु भइरहेको र प्रहरीले तिर्थस्थल सफाइ गर्नु प्रशंसनीय कार्य भएको समितिका अध्यक्ष डिल्ली कार्की बताउछन् ।

‘मन्दिर परिसर सरसरफाइका साथै नेपाल प्रहरीले महत्वपुर्ण भूमिका निभाउदै आएको छ, जुन महत्वपुर्ण कामहो’ कार्कीले भने,‘सरसफाइका साथै मन्दिर विकासका अन्य कार्य गर्न पनि स्थानीयहरुले विशेष चासो दिनुपर्छ ।’ हाल बाटो निर्माण, विजुली बत्तीको व्यवस्था, पर्खाल निर्माण, परेवाको खोर निर्माण देखि पोखरी मर्मत लगायतका कामहरु समिति कै पहलमा भइसकेको र अझै पनि यस्ता काम जारी रहेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठि व्यवस्थापन समितिले जनाएको छ ।

सो समितिले हरेक कार्यको लागि पहल गर्दै काम गरिरहेको रामधुनिको विकास, संरक्षण र सम्बद्र्धनकालागि स्थानीय तथा सरोकारबालाहरु लाग्नुपर्ने कार्कीको भनाइ रहेको छ । ‘रामधुनी सबैको साझा मन्दिर हो, यसका संरक्षण सबैले गर्नुपर्छ’उनी भन्छन्–,‘सबै मिलीलागि परे रामधुनीमन्दिर उत्कृष्ट धार्मीक स्थलका साथसाथै पर्यटकीय गन्तव्य बन्छ ।’

त्रेतायुगमा भगवान रामचन्द्रले बास बसेको र त्यस समयमा उनले बालेको आगो(धुनी) आज सम्म पनि बलिरहेको किम्वदंती रहेको छ । समितिकाअनुसार मन्दिरमाआन्तरिक तथा बाह्यभक्तजन तथा पर्यटकहरु विगतका वर्षहरु भन्दा बढ्दै गएका छन् । बालाचतुर्दशी, विवाह पञ्चमी,रामनवमी जस्ता अवसरमालाग्ने मेलामाअघिल्ला केहीवर्ष अघिको तुलनामा भक्तजनहरु बढ्दै गएको र सो मेलाहरुमा पनि नेपाल प्रहरीले शान्ति सुरक्षाकालागि महत्वपुर्ण भूमिका खेल्ने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया