५ जेठ, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । माओवादी केन्द्रकी दिपा बोहारा दाहाल ३ हजार ४३३ मत प्राप्त गरी अध्यक्षमा बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कपिल कोइरालाले ३ हजार २१२ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिर्बसिंह मोक्तान ३ हजार ४५४ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ताकुमारी कार्कीले ३ हजार २६८ मत प्राप्त गरेकी छन् । गाउँपालिकाका वडाहरुमध्ये एमालेले ३,माओवादीले २ र कांग्रेसले २ मा जित हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया