८ जेष्ठ, विराटनगर । विद्यार्थींहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले लिटील सुपर स्टार २०१७ प्रतियोगीता दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमीले विराटनगरमा आयोेजना गर्ने भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कलालाई प्रस्फुटन गराउने उद्देश्यले सो कार्यक्रम आगामी जेष्ठ १२ गते बाट सञ्चालन हुने विराटनगरमा आज आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । दिप भिथजन फिल्म एण्ड आर्ट एकेडेमीले यस अगाडी धनगढी , महेन्द्रं नगर , काठमान्डौ भारतको सिकिम लगायतको क्षेत्रमा यस प्रकारको कार्यक्रम सञ्चालन गरेको थियो ।

विभिन्न विधामा छनोट भएका प्रतिष्पधिहरुलाई शिक्षाको महत्व , अनुसाशनको महत्व , आध्यात्मिक ज्ञान लगायतका विषयमा प्रशिक्षण कार्यक्रम गर्ने बताइएको छ । साथै सो सस्थाको आधाकारिक संस्थाको लोगो , कार्यलय को ठेगाना , लगायतका आधिकारिक दर्ता नभएको बारेमा पत्रकारहरुले त्यसको आधिकारिताको विषयमा जिज्ञासा व्यक्त गरेका थिए । प्रतिष्पधामा उत्कृष्ठ मिस्टर प्रिन्स नगद ३१ हजार , छात्रबृति , मिसले नगद ३१ हजार र छात्रबृति, फस्ट रनरअप र सेकेन्ड रनरअप शिल्ड प्रमाणपत्र र गिफट हेम्पर , अन्य विद्याका उत्कृष्ट प्रतिस्ष्धीहरुलाई प्रमाणपत्र र टाइटल शिल्ड प्रद्धान गर्ने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया