इनरुवा जेठ १०/इनरुवामा जेठ ११ गते बिहिबार हुने शनि जन्मोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । श्री सिद्ध शनि मन्दिर इनरुवा सुनसरीले जन्मोत्सको तयारी गरेको हो । प्रत्येक वर्ष जन्मोत्सबका अवसरमा भगवति मन्दिर सामुन्नेमा रहेको शनि मन्दिरमा विशेष पुजाआजा गर्ने गरिन्छ ।


जन्मोत्सवको अवसरमा विधिवत अभिषेक, निलांजला अभिषेक, निला होली, १०८ का दरले स पत्नी नवग्रहादी हवन सहितका कार्यक्रम गरिने आयोजक समिति संयोजक संतोष चितलागियाले जानकारी दिए । जन्मोत्सवका अवसरमा बिहिबार विहान बाजागाजा सहितको शोभा यात्रा निकालिने छ भने दिनभरजसो धार्मिक विधि विधान अनुसारको होमहोमादी सहितको पुजाअर्चना गरिने चितलागियाले बताए । जन्मोत्सवका सम्पूर्ण तयारी आज साँझ सम्म पुरा भैसक्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया