१० जेठ, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राख्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

आज साँझ चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । प्रधानमन्त्रीले मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि एमालेले अवरोध गर्ने भएपछि संसद बैठक आज विहान ११ बजेका लागि सारिएको थियो ।

तपाईको प्रतिक्रिया