११ जेठ, उदयपुर। उदयपुरको कटारी नगरपालिका ११ गहुँबारीस्थित सिद्दीचरण राजमार्गमा ट्रक दुर्घटनामा परी चालक र सह-चालक घाईते भएका छन्।
घुर्मीबाट कटारी आउदै गरेको ना ७ ख १७९९ नम्बरको ट्रक आँफै अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परी सोही ट्रकका चालक धनकुटा नगररपालिका बस्ने बुद्दीमान तामाङ र पहिचान खुल्न नसकेका सोही ट्रकका सह-चालक घाईते भएका छन्। घाईते उनीहरुको कटारी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

तपाईको प्रतिक्रिया