12305885_970775186303742_172334220_n
मंसिर ८ इनरुवा/सुनसरीमा बुधवारबाट महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरु संचालन गरिने भएको छन् ।१६ दिवशिय कार्यक्रम अन्र्तगत २५औं अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको सन्दर्भमा जिल्लामा संचालन हुन लागेका विभिन्न कार्यक्रमको तयारी पुरा भएको छ ।महिला तथा बालबालिका कार्यालय सुनसरीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी १६ दिने अभियानको सुरुवात इनरुवाबाट र्याली,कोणसभा र दीप प्रज्वलन गर्ने जानकारी गराएको छ ।सदरमुकाम इनरुवाका अलावा, जिल्लाका सबै प्रमुख शहर, ग्रामिणी भेगका साथै विद्यालयहरुमा सचेतना मुलक लगायतका कार्यक्रमको आयोजना गर्न लागिएको प्रमुख महिला बिकास अधिकृत मेरिना श्रेष्ठले जानकारी दिनुभयो ।
१६ दिने अभियानका क्रममा सम्वन्धि सरोकारावाला निकायले आफु पायकका भिन्नाभिन्नै कार्यक्रमको आयोजना गर्ने तय भएको पत्रकार सम्मेलनका जानकारी दिइयो । कार्यक्रममा महिला हिंसा विरुद्धका सबै खाले अभियान संचालनमा ल्याइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया