इनरुवा १२ जेठ / नेपाली कांग्रेस जिल्ला कार्य समिति र क्षेत्रीय समितिको निर्णय प्रति असन्तुष्टि जनाउँदै साविक डुम्राहा हाल इनरुवा नगरपालिका ८ वडा सभापति सहित ७ जनाले राजिनामा दिएका छन् ।

वडा नम्वर ८ को उमेदवारी छनौट प्रकृया प्रति असन्तुष्टि जनाउँदै उनिहरुले सामूहिक राजिनामा दिएका हुन् । कनिष्ठ व्यक्तिलाई वडा अध्यक्ष पदको उमेदवार बनाएको भन्दै वडा सभापति राजकिशोर मंडल सहित क्रियाशिल सदस्यहरु जयप्रकाश मंडल, उग्रनारायण मंडल, विरेन्द्र मण्डल, उपेन्द्र मण्डल, हरिदयाल मण्डल र शुभेच्छुक असर्फी मण्डलले सामूहिक राजिनामा दिएका हुन् । काँग्रेस वडा नम्वर ८ मा रविन्द्रप्रसाद मण्डललाई वडा अध्यक्ष पदको उमेदवारी दिएको भन्दै राजिनामा दिएको असन्तुष्ट पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया