१४ जेठ, विराटनगर। मोरङको रतुवामाई नगरपालिका ९ का ६० वर्षीय रामप्रसाद अधिकारीको आज लडेर मृत्यु भएको छ । हिंड्दै गरेको अवस्थामा खेतको डिलबाट लडेर अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । प्रहरी निरीक्षक केशव कटवालका अनुसार लडेपछि उठ्न नसक्दा खेतमा जमेको पानीमा अनुहार डुबेर अधिकारीको मृत्यु भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया