१६ जेठ, काठमाडौं । एन ए जिरो फोर एट नम्बरको नेपाली सेनाको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।

त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । विमान दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ भने अन्य क्षतिहरुको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।न्युज २४ बाट

तपाईको प्रतिक्रिया