एजेन्सी/ छोराको बिहेमा बुबाको तुजुक कस्तो हुन्छ, थाहै छ । तर, चीनको एक गाउँमा यस्तो संस्कार छ, जहाँ छोराको बिहेको दिन बुबाको बेहाल हुन्छ । दुलहा छोरा कारभित्र बस्छन्, बुबा भने आफ्नो शरीरमा डोरी बाँधेर छोरा बसेको कार जोडले तान्छन् । चिनियाँ वेभसाइट सांघाइस्ट डटकमले फोटो सार्वजनिक गरेपछि भाइरल भएको छ । चीनमा सोसल मिडियामा यो खबरबारे विभिन्न प्रतिक्रिया पनि आएका छन् । वेभसाइटका अनुसार चीनको हेनान प्रान्तमा बसोबास गर्ने एउटा समाजमा यस्तो वैवाहिक परम्परा छ । दुलहाका बुबाले शरीरको माथिल्लो भागमा कुनै कपडा लगाउँदैनन् । बुबासँगै दुलहाकी आमा पनि त्यहाँ हुन्छिन् । तस्बिरमा बिहे हेर्नेहरूको भीड देखिन्छ भने सबै रमाइरहेका देखिन्छन् । दुलहाका बुबाको पिठ्युँ र छातीमा टाटुजस्तो चिह्न देखिन्छ । त्यहाँको संस्कारअनुसार यसको मतलब रहेछ, बुबाले छोराबाट जतिसक्दो चाँडो नातिको अपेक्षा गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले गरे चक्काजाम
दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । कु...
आफ्नै स्तनले सुन्दर तस्बिर बनाउने चित्रकार नादिया
नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको...
दुनियाँकै सबैभन्दा सुन्दर बालिका
रुस / विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएक...
चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरह...
हिन्दु संस्कार अनुसार गाईको ३ दिन काजक्रिया
विराटनगर। मोरङका एक किसानले आफुले पालेको गाई मरेको भन्दै काजक्रिया गरेका छन । आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार सम्...
बर्जु गाउँपालिकाका जेष्ठ नागरिकलाई दाँत उपहार
जेष्ठ नागरिककालागि सरकारी भत्ता छँदैछ । उमेर ढल्कँदै जाँदा फुक्लेका दाँतका कारण थोते बन्नु पर्ने अवस्थाबाट समेत वृद्धवृद...