एजेन्सी/ प्राय: महिलाहरू कपाल निकै छोटो बनाउनुभन्दा केही लामै पाल्न रुचाउँछन् । यदि तपाईं पनि महिला हुनुहुन्छ भने कपाल कति लामो पाल्नुभएको छ ? सायद, तपाईंको कपाल यति लामो छैन, जुन कपालबारे खबर पढेर तपाईं अचम्मित हुनुहुनेछ । चीनको गुआंग्झी प्रान्तको हुआन्गुलो गाउँका लगभग ८० महिलाको कपाल एक दशमलव चार मिटरदेखि दुई दशमलव दुई मिटर लामो छ । यहाँका महिलाको कपालकै कारण यस गाउँको चर्चा दुनियाँभर पुगेको छ । यिनै महिलाको लामो कपाल हेर्नकै लागि हरेक वर्ष करिब ८० हजार पर्यटक हुआन्गुलो पुग्ने गर्छन् । लामो कपाल भएका यी महिला धेरैजसो रातो कपडामा देखिने भएकाले यिनीहरूलाई ‘रेड याओ’समेत भन्ने गरिन्छ । उनीहरू आफ्नो लामो कपालप्रति गर्व गर्छन् । लामो कपालकै कारण यो गाउँले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाइसकेको छ । हुआन्गुलो प्रकृतिले समेत उत्तिकै हराभरा छ । सन् १९८७ भन्दा पहिले यहाँका महिलाको लामो कपाल उनका श्रीमान् र बच्चाबाहेक अरू कसैले देख्न पाउँदैनथे । उनीहरू नुहाउन नदीमा जाँदासमेत नीलो पछ्यौराले कपाल छोप्ने गर्थे । तर, पछि यो पुरानो परम्परा तोडियो । उनीहरू आफ्नो लामो कपाल देखाएर निष्फिक्री बाहिर हिँड्न थाले ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले गरे चक्काजाम
दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । कु...
आफ्नै स्तनले सुन्दर तस्बिर बनाउने चित्रकार नादिया
नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको...
दुनियाँकै सबैभन्दा सुन्दर बालिका
रुस / विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएक...
चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरह...
हिन्दु संस्कार अनुसार गाईको ३ दिन काजक्रिया
विराटनगर। मोरङका एक किसानले आफुले पालेको गाई मरेको भन्दै काजक्रिया गरेका छन । आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार सम्...
बर्जु गाउँपालिकाका जेष्ठ नागरिकलाई दाँत उपहार
जेष्ठ नागरिककालागि सरकारी भत्ता छँदैछ । उमेर ढल्कँदै जाँदा फुक्लेका दाँतका कारण थोते बन्नु पर्ने अवस्थाबाट समेत वृद्धवृद...