अमर काफ्ले इनरुवा/ इनरुवा नगरभित्रको मूल सडकमा रहेका खाल्डाखुल्डी नगरपालिकाले पुर्न थालेको छ । कालोपत्रे उक्किएर सडकमा बनेको खाल्डाले निमत्याएको जोखिमलाई इनरुवा नगरपालिकाले गिटी हालेर सम्याउन थालेको छ । लोकतान्त्रिक चौकदेखि सखुवागाछी र जिल्ला समन्वय समितिको कार्यालय सम्मको सडक जिर्ण भई निकैस्थानमा रहेका खाल्डा नगरपालिकाले पुर्न थालेको हो ।

सडकमा बढ्दै गएको खाल्डाले जोखिम बढाएको भन्ने आशयको इनरुवा अनलाइनले प्राथमिकताका साथ प्रकाशन गरेको थियो । सो समाचार तयार पार्दैगर्दा प्रतिकृया लिने सन्दर्भमा इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत टुबराज पोखरेलले केहिदिन भित्रै सडकका सबै खाल्डा पुरिने प्रतिवद्धता व्यक्त गरेका थिए । नगरपालिकाले सडकमा खाल्डामा गिटी हालेर तत्कालकालागि जोखिम कम गरेको प्रति स्थानीयले मिश्रित प्रतिकृया दिएपनि सार्वजनिक चासो र बढी महत्वको विषयलाई प्राथमिकता राखिनुपर्ने सुझाव दिएका छन् ।

 

तपाईको प्रतिक्रिया