हतियार सहित पक्राउ परेका दासलाई सार्वजनिक गर्दै प्रहरी

२२ जेठ, दिलिप साह राजविराज । सप्तरी प्रहरीले सुरक्षा सतर्कता अपनाए पछि जिल्लाको बोदेवर्साइन नगरपालिकाबाट हतियारसहित एक जना पक्राउ गरेको छ । बोदे वर्साइन नगरपालिका –१४ नेगडा स्थित घुमफिर गरिरहेको अवस्थामा सोही नगरपालिका–१ घर भएका ३० वर्षिय पप्पुकुमार दासलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेका उहालाई चेकजाँच गर्दा साथबाट युएसए मेड पेस्तोल तथा म्यागजिन भित्र लोड भएको चार राउण्ड गोली बरामद गरिएको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय बोदेवर्साइनका प्रहरी नायव उपरीक्षक उमाशंकर सिंहको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा दासलाई पक्राउ गरिएको उहाँले सोमवार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । निवार्चनलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता बढाएको छ ।

तपाईको प्रतिक्रिया