काठमाडौं । माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिएका छन् ।  कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।  प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताएका छन् ।अाजको अन्नपूर्ण पोस्टमा खबर छ ।

देउवाका ५ चुनाैती
१.लगातार तीन तहको चुनाव सम्पन्न गर्नु ।
२.बलियो प्रतिपक्षको सामना गर्नु ।
३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु ।
४.संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु ।
५.संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु ।

तपाईको प्रतिक्रिया