इनरुवा २४/उम्मेद्वारी घोषणा प्रति असन्तुष्ट मधेशाको एक खेमा स्वतन्त्र उम्मेद्वारीको प्यानलको आन्तरिक लबिङमा जुटेको छ ।
पार्टीको नियर्णप्रति असन्तुष्ट देखिएको एमाले सम्वद्ध मधेशाका नेता तथा कार्यकर्ताहरु स्वतन्त्र उम्मेद्वारीको आन्तरिक गृहकार्यमा जुटेको स्रोतले बताएको छ ।इनरुवा नगरपालिका वडा नम्वर ६ रहेको साविकको मधेशा गाविसमा उम्मेद्वार छनौटको विषयलाई लिएर एमाले भित्रै असन्तुष्टि बढेको स्रोतको भनाई छ ।

स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष र सदस्य पदमा बलियो जनाधार भएका व्यक्तिलाई पाखा लगाएर गरिएको उम्मेदवारी छनौट प्रकृयाप्रति वडातहका एमाले नेता तथा कार्यकर्ताको समूह रुष्ट देखिएको हो । स्रोतका अनुसार एमालेभित्र रुष्ट देखिएका नेता तथा कार्यकर्तालाई समेटेर स्वतन्त्र प्यानल खडा गर्ने तर्फ स्थानीय नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।

असन्तुष्ट एमाले खेमाले अन्य पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुको समेत साथ जुटाउन गृहकार्य सुरु गरेको स्रोतको भनाई छ । असन्तुष्ट कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक कलह बढ्दै गए परिणाम विग्रन सक्ने तर्फ सचेत गराएका छन् । मधेशा एमालेका असन्तुष्ट कार्यर्काहरुले मनोनयन दर्ता भैनसकेकाले जनाधार अनुसारको उम्मेदवारको नामावली पुनः संसोधन गर्न माग समेत गरेका छन् ।

एमाले मधेशाका कार्यकर्ताहरु बाहिरी रुपमा पार्टीको साथ र समर्थनमा देखिएपनि भित्री रुपमा चुलिँदो असन्तुष्टीले पार्टीभित्र अन्तरघातको सम्भावना बढाएको विपक्षी दलका नेताहरुको समेत बुझाई छ । वडामा देखिएको एमाले भित्रको चुलिँदो असन्तुष्टिलाई काँग्रेसले भने पार्टीको पक्षमा चुनावी नतिजा प्राप्त हुने विश्वास अनुरुप प्रचारप्रसारलाई केन्द्रित गर्दै लगेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया