जेठ २४, संखुवासभा। संखुवासभाको चैनपुर ९ स्थित लामपातेमा मंगलबार साँझ रुखबाट लडेर एक बालिका घाईते भएकी छन्।
सोही ठाउँ बस्ने लाखमान तामाङको १२ बर्षिया छोरी सुनिता तामाङ आफ्नै बारीमा आरुको रुखबाट लडेकी हुन्। घाईते तामाङको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाईको प्रतिक्रिया