जेठ २५ इनरुवा/राष्ट्रिय जनता पार्टी सुनसरी आज इनरुवामा ४० मिनेट चक्काजाम गरेको छ । आन्दोलनको केन्द्रिय तालिका अनुसार राजपाले आजकालागि तराई मधेशका क्षेत्रमा २ घण्टे चक्काजामको कार्यक्रम निर्धारण गरेको थियो ।

राजपा कार्यकर्ताहरुको न्यून उपस्थितीका बाबजुत पूर्वपश्चिम राजमार्ग अन्र्तगत इनरुवा बसचौक खण्डमा चक्काजामका कारण ४० मिनेट सवारी आवागमन वाधित बनेको थियो । निर्वाचन आचारसंहिता लागुरहेको अवस्थामा नारा जुलुस लगायतका चुनाव विरोधी गतिविधी गर्न पाइदैन् । पाँच मिनेट बढी राजमार्ग अवरुद्ध गरेको पाइए स्थानीय प्रशासनले खुलाइसक्नु पर्ने प्रावधान तोकिएको छ ।

सुनसरी प्रहरीले भने चुनावी वातावरण तयार हुँदै गरेको अवस्थामा समन्वय गरी छोट्याएर कार्यक्रम गर्ने सहमति अनुरुप राजपाले छोटो समय चक्काजाम गरेको जनाएको छ । राजपाले सरकारले संविधान संसोधन लगायतका आफुहरुका माग सम्बोधन गर्ने आश्वासन दिएपनि कार्यान्वयनमा हुन सक्ने ढिला सुस्तीलाई मध्यनजर गर्दै दबाब मूलक कार्यक्रम गर्दै लाने जनाएको छ ।

तपाईको प्रतिक्रिया