काठमाडौं, २८ जेठ । नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरमा विनोद ढकाललाई उठाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय लिएको हो । उपमेयर भने छनौट गर्न बाँकी छ । राजधानी दैनिकले समाचार छापेको छ ।

यसैगरी धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाइएको छ । इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकालाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया