काठमाडौं । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले स्थानीय तहको निर्वाचन सार्थक बनाउन २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुन सक्ने बताएका छन् ।

 विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय जनता पार्टी (राजपा)लाई दल दर्ता गरी निर्वाचन आयोगबाट चुनाव चिह्न प्राप्त गरी ऐन संशोधन गरेर पनि निर्वाचनमा आउने अवस्था नरहेको बताए ।

‘असार १४ गते हुने निर्वाचनको मिति सार्ने पक्षमा सरकार पनि छैन’, उनले भने, ‘राजपालाईपनि चुनावमा लगेर सरकार सार्थक निर्वाचन गराउन प्रयासरत छ ।’आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया