३० जेष्ठ, सुवास संकल्प  इटहरी। नेपालि सिने नगरीमा सुशील श्रेष्ठ खासै नया अनुहार हैन तर उनको पहिलो फिल्म “होस्टेल रिटर्न” बाट देखिएको अभिनय र लुक्स ले सबैको ध्यान तान्न सफल भएको छ, उनै सुशील अभिनित “सायद २” को टाईटल गीत “पहिलो प्रेम” सार्बजनिक भएको छ l
युवा पुस्तालाई लक्षित गर्दै फिल्म बनाउन माहिर देखिएका सुनिल रावलले “सायद २” लाई निर्माण गरेका हुन् l फिल्ममा सुशिलसँगै स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगर लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ l सार्बजनिक गीतमा सुशील र श्यारोन फ़िचरिङ्ग छन् l सायद, होस्टल, होस्टल टिन्र्सजस्ता फिल्मका निर्माता सुनील रावल निर्मित फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । दुर्गिस फिल्मस् को व्यानरमा वनेको सायद २  असार ३० गते रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया