३० जेठ, विराटनगर। बन्दको उलंघन गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विराटनगरमा चार सवारी साधानमा तोडफोड गरेका छन् ।

विराटनगरका विभिन्न स्थानमा एउटा टाटा सुमो, दुईवटा टेम्पो र एउटा सिटी सफारी तोडफोड गरेको प्रहरीले जनाएको छ । मोरङका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बन्दकर्ताले बा ३ ख ८३७४ नम्बरको टाटा सुमो को २ ह ५३६८ र को १ ह १९८३ नम्वरको टेम्पो र को १त ४२र८ को सिटी सफारी तोडफोड गरेका हुन ।

बन्दकर्ताले सवारीसाधान तोडफोड गरेपनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।विहानको समयमा केही खुल्ला रहेको विराटनगरमा अहिले भने वन्दको प्रभाव बढदै गएको छ । चुनाव बहिष्कार गर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया