३१ जेठ विराटनगर। रेलको लिकबाट बाटो काट्ने क्रममा भारतको जोगबनीमा तीनजना नेपालीले ज्यान गुमाएका छन । गएराति साढे ८ बजेतिर जोगबनीबाट कटिहारतर्फ गई रहेको रेलको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना नेपालीको मृत्यू भएको हो । जोगबनी स्टेशनबाट दुई सय मिटर दक्षिणमा घटना भएको सीमा प्रहरी कार्यालय रानी जोगबनीमा प्रहरी नायब निरीक्षक फिरोज चौधरीले बताउनु भयो ।

५५४२ नम्बरको मोटरसाइकलमा सवार तीन नेपाली युवा तीव्र गतिमा कटियार गई रहेको रेलले ठक्कर दिदाँ त्यसमा सवार युवाको शव क्षत विक्षत भएको थियो । सो दुर्घटनामा मोरङ कदमाहाका २५ वर्षीय रमेश शर्मा,१६ १६ वर्षीय राजु ऋषिदेव र धनुषा मडारीका २६ वर्षीय विनोद यादवको मृत्यु भएको छ । उनीहरुको शव भारत अररियास्थित अस्पतालमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइने सई चौधरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार रेल आई रहेपनि बाटो कटि हालिन्छ भनेर हेलचेक्र्याईं गरेर मोटरसाइकल कटाउन खोज्दा घटना भएको प्रारम्भिक अनुसन्धान गरिएको छ ।

तपाईको प्रतिक्रिया