सिरहाको लहान नगरपालिका १ मा राजमार्ग छेउमा पार्किंग गरी राखिएको दुई वटा गाडीमा अज्ञात समूहले राति करिब ११ बजे आगजनी गरेका छन् । बस व्यवसायी संघका जिल्ला अध्यक्ष हरिनारायण यादबको घर अगाडी पार्किंग गरि राखिएको ग. १ च. ९६३७ नम्बरको कार र ना. ५ ख. ८४७९ नम्बरको गाईघाट बिराटनगर चल्ने दुर्गा भगवती ट्राभल्स बसमा आगजनी भएको छ। राति गाडीमा दनदनी आगो बलेको देखेपछि नियन्त्रणमा लिने प्रयास गरेपनि पूर्ण रुपमा जलेको पीडित अध्यक्षयादबले बताउनुभयो ।गाडीमा आगजी कसले गरेको विषयमा प्रहरी पनि अनभिज्ञ नै छन् । यसै बीच ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले पार्किंग गरेर राखिएको अवस्थामा बस र कारमा कसले आगजनी गरेको विषयमा केही नखुलेको बताउनुभयो । उहाँले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिनुभयो । आगोका कारण घरको शिशाहरु पनि फुटेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको ...
गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वह...
पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनि...
देश भरीकै ७५३ स्थानीयतहमा शान्तिपुर्ण मतदान हुँदै
स्थानीयतह निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानीयतहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्र बिहान ७ बजे बाट छ...
चुनाव लड्न पासमानले दिए दलित सरोकार मञ्चबाट राजीनामा
कञ्चनपुर। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमान...
कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउ...