काठमाडौं, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश–५ का तीन जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुमा निर्वाचन सार्न राष्ट्रिय नजता पार्टी नेपालले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । स्रोतका अनुसार तीन जिल्लामा निर्वाचन सार्न प्रस्ताव लिएर माओवादी केन्द्रका नेता मात्रिका यादवलाई समेत लिएर राजपा नेता महेन्द्रराय यादव प्रधानमन्त्री देउवालाई भेट्ना गएका थिए ।
तर, देउवाले निर्वाचन सार्ने कुरै नगर्न नेता यादवलाई आग्रह गरेका थिए । राजपासँगको सहमतिमै प्रदेश–२को निर्वाचन सार्ने सहमति भए पनि आन्दोलनको कार्यक्रम यथावत् राख्ने निर्णय गरेको मा प्रधानमन्त्री देउवाले असन्तुष्टि जनाएका थिए ।
राजपाले यसअघि स्थानीय तह थाप भएका ११ जिल्लाकै निर्वाचन २ असोजमा सार्न आग्रह गरेको थियो । निर्वाचन सम्पन्न भएपछि प्रदेश–२ बाहेक अन्य ठाउँमा स्थानीय तहको संख्या थप गर्न नमिल्ने भन्दै ११ जिल्लाको चुनाव २ असोजमा हुनुपर्ने उसको प्रसताव छ । तर प्रधानमन्त्री देउवाले राजपा नेताहरुसँग भएको अनोपचारिक सहमतिअनुसार नै प्रदेश–२ को चुनाव सारिएको उल्लेख गर्दै अन्य ठाउँमा तोकिएकै मिति १४ असारमै निर्वाचन हुने बताएका थिए ।आजको राजधानी दैनिकमा खबर छ।