bhantabari3काठमाडौँ, मंसिर ०९ । काठमाडौंस्थित भारतीय दूताबासले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा पसेर गोली नचलाएको झुटो प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।  सुनसरीमा एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर गोली चलाउदा बुधबार बिहान चार जना घाइते भएको तथ्य सार्वजनिक भएपछि दूतावासले झुटो विज्ञप्ति सार्वजनिक गरेको हो ।

बुधबार बिहान एसएसबीले नेपाली भूमिमै प्रवेश गरेर गोली चलाउदा सुनसरीको हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सुरज यादव गम्भीर घाइते भएपछि उनीहरुको उपचार भइरहेको छ ।दूतबासले सार्वजनिक गरेको विज्ञप्तिमा भने एसएसबीको गोली लागेर नेपाली नागरिक घाइते नभएको दाबी गरिएको छ । दूताबासले विषय बस्तुलाई मोडेर विज्ञप्ति निकाल्दै भनेको छ, ‘एसएसबीको गस्ती टोलीले तस्करहरुको एक समूह सुनसरी जिल्ला पार गर्दै भारतीय क्षेत्रमा फेला पार्‍यो ।’ तस्करको समूहलाई पक्राउ गर्ने क्रममा उल्टै एक एसएसबीमाथि आक्रमण हुँदा उनी घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।दूतावासले जारी गरेको विज्ञप्तिमा उक्त घटना भारतीय भूमिमै भएको उल्लेख समेत गरिएको छ । यता घाइते र सुनसरीको स्थानीय प्रशासनले भने एसएसबीले नेपाली भूमिमा आएर गोली चलाउदा नेपाली नागरिक घाइते भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘यो घटना भारतीय भूमिमा भएको हो र कोही पनि नेपाली घाइते भएको छैन ।’ नयाँपेज बाट ।

Press-Release

तपाईको प्रतिक्रिया