काठमाडौं, ५ असार । २०५४ को स्थानीय निर्वाचनमा दाङको तत्कालिन गढवा गाविसमा अध्यक्षका दाबेदार कांग्रेसका डिल्ली आचार्यले टिकट पाएनन् । उनी आधिकारिक उम्मेद्वार घनश्याम चौधरीविरुद्ध ‘बागी’ उठे । चुनवामा चौधरीभन्दा तेब्बर मत ल्याएर आचार्य गाविस अध्यक्ष बने ।

यसपटक पनि उनी गढवा गाउँपालिकामा पार्टीका तर्फबाट उम्मेद्वार बन्न चाहेका थिए । टिकट भने घनश्यामका भाई श्रीपतले पाए । त्यसैले उनी फेरि बागी उम्मेद्वार बनेका छन् ।

‘टिकट एकै परिवारमा घुमिरह्यो,’ उनले भने, ‘यसविरुद्ध म स्वतन्त्र उम्मेद्वार बनेर प्रस्तुत भएको छु ।’ उनले गाउँपालिकाका तीन वडामा आफूनिकटलाई बागी उठाएको बताए ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया